काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ।
पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली बिहीबार सम्भव नभएको हो।
ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी ज्यान गुमाएका सबै सात जनाको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइ पुर्याईएको छ।
टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।
टुंडिखेलमा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनः प्रधानमन्त्री केपी शर्मा ओली, दलका नेताहरु , शुभचिन्तक तथा नेकपाका नेता कार्यकर्ताहरु टुंडिखेल जाने कार्यक्रम रहेको छ ।
अधिकारीको शवलाई अन्तिम संस्कारका लागि भोलि नै गृह नगर पोखरा लगिने नेकपाले जनाएको छ । नेकपाले आज देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राखिने भएको छ ।





प्रतिक्रिया