यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि प्रभावित हुने भएको छ ।
परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी दिए





प्रतिक्रिया