देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्य निरुपण आयोग पुनर्गठन गर्न डा. केसीको माग

देशान्तर

काठमाडौं । प्रा डा गोविन्द केसीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग पुनगर्ठन गर्न माग गरेका छन् । आयोगमा पीडितको विश्वास वितेका विज्ञहरुलाई नियुक्त गर्नुपर्ने उनको माग छ ।

डा। केसीले बिहीबार पत्रकार सम्मेलन गरी सातबेँदु माग अघि सारेका छन् । उनको मागको चौथो बुँदामा भनिएको छ, ‘आयोग पुनर्गठन गर्दा विगतमा झैं दलीय भागवण्डाका आधारमा नभई पीडितको विश्वास जितेका योग्य र सक्षम विज्ञशरुलाई नियुक्त गरियोस् ।

द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनसरार दण्डित हुने सुनिश्चित गर्नुपर्ने उनको माग छ