काठमाडौं । काठमाडौंको मख्खनस्थित याख्खामा लागेको आगो चार घण्टापछि नियन्त्रणमा लिइएको छ। बिहान ११ बजेदेखि सुरु भएको आगलागीलाई बारुण नियन्त्रण, सेना प्रहरी र स्थानीयको सहयोगमा दिउँसो चार नियन्त्रणमा लिइएको काठमाडौं जुद्ध बारुण नियन्त्रक बद्री नगरगोटी जानकारी दिएका छन्।
उनका अनुसार मध्यान्ह १२ बजेदेखि आगो नियन्त्रणमा निभाउने काम सुरु भए पनि बल्लतल्ल आगो नियन्त्रणमा लिइएको हो।आगलागीबाट प्रकाश तुलाधरसहित तीन जनाको घर जलेर पूर्ण रुपमा खरानी भएको छ भने क्षतिको विवरण आउन बाँकी नै छ।





प्रतिक्रिया