देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद मल्ल प्रहरीको सम्पर्कमा

देशान्तर

काठमाडौं । अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छन्। प्रहरी बरिष्ठ उपरिक्षक बिक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए।

मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो । केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बिन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ ।

तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक धितालले बताए । मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा उनी पहरणमा परेकी हुन् ।

मल्ल बझाङ ९ख० बाट गएको प्रदेशसभा चुनावमा तत्कालीन माओवादीबाट विजयी भएकी भएकी थिईन।