काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित निवासमा बम विस्फोट भएको छ । घरको ग्यारेजमा राखिएको बम विस्फोट हुदा छेउको सटकमा पसल गर्ने मणिराम पौडेल घाइते भएका छन् ।
विस्फोटका कारण घरका झ्याल ढोकामा क्षति पुगेको छ । विस्फोटका बेला अध्यक्ष गुरुङ सपरिवार घरको चौथो तलामा हुनुहुन्थ्यो । विस्फोटका कारण ग्यारेजमा १ फिट खाल्डो परेको छ भने टोयटा गाडीमा क्षति पुगेको छ । विस्फोट कसले गराएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।





प्रतिक्रिया