देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक कार्यमा सक्रिय

देशान्तर

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यहरु गर्दै आएको छ। बैंकको बेलौरी तथा धार्के शाखाले गत सातामा सामाजिक हितका सहयोगात्मक कार्यहरुमा अग्रसर भूमिका निर्वाह गरेका छन्।

बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नंम्बर ५, रामनगर कञ्चनपुर स्थित जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कुल रकम पच्चिस हजार रुपैयाँ छात्रवृती स्वरुप प्रदान गरेको छ।

यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको “फुड फर पिपल” अभियानका लागि कुल रकम पच्चिस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् । बैंकले आगामी दिनहरुमा अनवरत रुपमा अझ प्रभावकारी सामाजिक हितका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ।