काठमाण्डौ । सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतबीच भएको सहमतिको विरोधमा सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा प्रदर्शन गरिएको थियो । उनीहरु ‘११ बुँदे नौटंकी, अपराधजन्य सहमति’नेपाल आमा जिन्दावाद’, ‘सर्वभौमसत्तामाथि प्रहार बन्द गर’ जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । विखण्डनकारी अभियान परित्याग गर्ने सहमति भनिएपनि सम्झौताको बुँदा नम्बर दुईले राष्ट्रिय अखण्डतामा प्रहार गरेको नागरिक अगुवाको दाबी छ ।





प्रतिक्रिया