देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मालपोतका नासुसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देशान्तर

काठमाडौं  . अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रंगेली, मोरङका नायब सुब्बा प्रदीप घिमिरेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

मोरङको साविक सिजुवा गाविस ८ मा रहेको जग्गाको मूल्य कम मूल्यांकन गरी राजश्वसमेत घोटाला गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। कार्यालयका अर्का नायब सुब्बा देवीप्रसाद लुइटेल, सिजुवा गाविसका बहिदार नन्दलाल राजबंशी, रतुवामाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दानालाल रावबंशी, साविक इटहरी गाविसका जग्गा विक्रेता दुर्गा निरौला, धरानको धरान उपमहानगरपालिका १८ का जग्गा खरिद गर्ने हस्तराज ओखराबु ९लिम्बू० र पथरी शनिश्चरे नगरपालिका १ का जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो।

तत्कालीन अवस्थामा ३३ लाख ३७ हजार ५ सय रुपैयाँ पर्ने जग्गालाई २९ लाख ९० हजार मात्र देखाई राजश्व छलेको अख्तियारले जनाएको छ। विस २०७४ साल माघ ३ गते कारोबार भएको उक्त जग्गाको २९ लाख ९० हजार थैली राखी रजिष्ट्रेशन पारित गरी ५ प्रतिशत पूँजीगत लाभकरसमेत घोटाला गरेको अख्तियारले जनाएको छ।