देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शुक्रबारदेखि २२ औं पुष्प मेला हुने

देशान्तर

काठमाडौं– फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान ले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ २२ औं फ्लोरा एक्स्पो पुष्प मेला २०७५ आयोजना गर्ने भएको छ ।
भकृटीमण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना हुने सो एक्स्पोबाट ६० लाख रुपियाँ बराबराको व्यवसायी गर्ने योजना रहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

एक्स्पोमा जम्मा ८४ वटा स्टल रहनेछन्, जसमा अफिसियल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४, व्यवसायिक स्टलका लागि ६५ वटा स्टल राख्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद १० हजार र पाँच हजारसहित सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत जानकारी गराए । फ्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय सञ्चालन गरिरहेको पुष्प व्यवसायीहरु मध्येबाट वरियातको आधारमा १ जना छनौट गरी सो नर्सरीलाई कदरपत्रद्वारा सम्मान समेत बताए ।