सरकारले जापानमा नेपाली कामदार पठाउने साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ । सरकारले नेपाल र जापान सरकारबीच मेमोरेन्डम अफ कोअपरेसनमा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
गत २५ पुसमा नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय वार्ताका क्रममा सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्रमन्त्री ज्ञवाली र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो ।





प्रतिक्रिया