देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरबाट अब कोटेश्वरको जाममा नबसि सिधै ललितपुर जाँन सकिने

देशान्तर

सडक विमागले कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ। कोटेश्वर र जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सडक विभागले गत सोमबारदेखि उक्त डाइभर्सन सञ्चालनमा ल्याएको हो। डाइभर्सन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधनहरू मनोहरा करिडोर हुँदै सिधै बालुकमारी निस्कन पाउनेछन्। साना सवारीसाधन उक्त करिडोरमार्फत बालकुमारी निस्किए कोटेश्वर चोकमा केही राहत हुने सडक विभागको अनुमान छ। विभागले कोटेश्वर क्षेत्रको जामको समस्या न्यूनीकरण गर्न सुरुङमार्गसहित अन्य विकल्पका निमित्त अध्ययन सुरु गरेको छ। विभागको पहलमा जापानी नियोग जाइकाको अनुदान सहयोगमा अध्ययन भइरहेको छ। कोटेश्वर खण्डको सडक जति नै चौडा भए पनि जाम भने घटेको छैन।