काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सिफारिस गरेको छ ।
सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
यसअघिका प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवको पदावधि आइतबार मात्रै सकिएको थियो । त्यस्तै बैठकले समावेशी आयोगको सदस्यमा बिष्णुमाया ओझाको नाम सिफारिस गरेको छ । ओझा मकवानपुर निवासी हुन् ।
आजको परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहेका थिए । देउवाले संसदीय दलको बैठक भएकाले आफू उपस्थित हुन नसक्ने जानकारी गराएकाले निर्णय गरिएको संवैधानिक परिषद्का सदस्य गणेश तिमिल्सनाले जानकारी दिए ।





प्रतिक्रिया