सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको सनाखत भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको उहाँले बताउनुभयो । शवहरू चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा रहेकाले टाउकाका आधारमा व्यक्ति पहिचान गरिएको डीएसपी काफ्लेले बताउनुभयो । उक्त हाइड्रोपावरमा काम गर्ने कामदारले भान्सा कोठामा खाजा पकाउने बेला सोमबार साँझ ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया