देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, तीनको अवस्था गम्भीर

देशान्तर

दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका ३५ मध्ये ३ को अवस्था गम्भीर रहेको छ।
ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए।
उनका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। ‘दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए ।