देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यो वर्ष शैक्षिक सत्र सुरू नहुँदै देशैभरका वितरण केन्द्रमा पुगे पुस्तक

देशान्तर

अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु हुने बेलादेखि नै विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे। समाचारमा शैक्षिक शत्र सुरु हुँदा पनि मुलुकका कुनाकाप्चामा रहेका विद्यालयमा पुस्तक र्पुयाउने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक नर्पुयाएको भनेर आलोचना हुने गरेको थियो। सरकारले सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्मका पुस्तक निशुल्क वितरण गर्ने गरेको छ। मुलुकभरका कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि पुस्तक छाप्ने जिम्मा भने जनक शिक्षाको हो। कतिपय अवस्थामा त अन्तिम परीक्षा दिने बेलासम्म पनि विद्यार्थीले नयाँ पाठ्यक्रमको पुस्तक नपाएका समाचार आउने गरेका थिए। यसरी विद्यालयमा पुस्तक र्पुयाउन नसक्दा जनक शिक्षाले चर्को आलोचना सुन्नुपर्थ्यो। विद्यार्थीले पुस्तकको पाना नै पल्टाउन नपाइ परीक्षाहलमा बस्न बाध्य भइरहेका समाचार छ्यापछ्याप्ती आउने गर्थे। तर, यसपालि भने जनक शिक्षाले समय नयाँ शैक्षिक शत्र सुरु हुनु पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक र्पुयाइसकेको बताएको छ। जसको छनक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशन समापनको सम्बोधनमा पनि भेटिन्थ्यो। प्रधानमन्त्रीले यसपालि सरकारको तदारुकताका कारण नै देशभर पुस्तकको अभाव नहुने र हुन नदिने घोषणा गरेका थिए।