देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामेछापमा ट्रयाक्टर दुर्घटना, ६ जना घाइते मध्य दुईको अवस्था गम्भीर

देशान्तर

मन्थली नगरपालिकाको सिक्रालमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। बुधबार साँझ भएको दुर्घटनामा घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापले जनाएको छ। दुर्घटनामा परी घाइते हुनेहरूमा पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी, विजय गिरी र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा रहेका छन्। सशस्त्र प्रहरीका अनुसार घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर छ। रामेछापको सदरमुकाम मन्थलीबाट रड र सिमेन्ट लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा दुर्घटना भएको हो। गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको उपचार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा भइरहेको छ।