देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सामाजिक विषयको एसईई परीक्षा स्थगन

देशान्तर

प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा बोर्ड एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगन भएको छ। सामाजिक सञ्जालमार्फत बिहीबार बेलुकी जनकपुरधामबाटै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगन गरेको प्रदेश २ का शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए । सामाजिक विषयको समूह ‘ए’ पश्नपत्र भेटिएपछि रद्द गरिए पनि सोही विषयको एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत् रहने निर्देशक शर्मा जानकारी दिए । ‘प्रश्नपत्र बाहिरिएको जानकारी हिजै आएको थियोु, शर्माले भने, ुतर, यकिन भइनसकेको कारण अधिकारिक हो वा होइन भन्ने पुष्टिका लागि आजसम्म पर्खनु परेको हो।’ उनले हाल प्रश्नपत्र बाहिरिएको सन्दर्भमा शिक्षा समन्वयन समितिको बैठक बसेर थप निर्णय लिन लागिएको जानकारी दिए।