अर्थमन्त्री डा: युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। राजधानीमा सुरू भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री खतिवडाले नेपालेको कर प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजाने र कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको भन्दै लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन्। नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै उनले सरकार द्रूत आर्थिक विकासको लक्षयसहित अघि बढ्न चाहेको बताए।





प्रतिक्रिया