काठमाडौं । सम्भावित लगानीकर्तालाई वस्तु तथा सेवा उत्पादनको आन्तरिक, क्रसबोर्डर तथा विश्वव्यापी बजारबारे जानकारी गराउँदै नेपाल लगानी सम्मेलन सम्पन्न भएको छ । ४० भन्दा बढी देशबाट आएका ३ सय कम्पनीका प्रतिनिधसमेत गरी ७ सय ३५ विदेशी लगानीकर्ता सहभागी सम्मेलन शनिबार सम्पन्न भएको हो ।
सम्मेलनमा एक सयभन्दा बढी स्वदेशी कम्पनीका छ सय जना प्रतिनिधि तथा लगानीकर्ता सहभागी थिए । सम्मेलनले क्षेत्रगत रुपमा सम्भावित लगानीकर्तालाई सम्भावित तथा लगानीयोग्य प्रत्यक्ष वैदेशिक लगानी आवश्यक परियोजनाबारे जानकारी समेत गराएको छ । यसबाहेक नेपालमा लगानीको वातावरणबारे नीतिगत तथा संरचनागत सुधार तथा प्रोत्साहनबारे जानकारी गराउन सम्मेलन सफल भएको हो ।
सम्मेलनमा १५ वटा घोषणा र प्रतिबद्धता भए । सरकारले तामझामसाथ गरेको लगानी सम्मेलन उपलब्धिको रुपमा व्यवसायी–व्यवसायी, व्यवसायी–सरकार तथा सरकारी निकायबीच कूल १२ समझदारी, २ वटा परियोजनामा लगानीको घोषणा र एउटामा प्रतिबद्धता गरिएको छ ।
सम्मेलनमा परियोजनाका लागि ७८ अर्ब ६० करोड १९ लाख रुपैयाँको फाइनान्सिङ प्रतिबद्धता प्राप्त भएको छ भने ६५ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको घोषणा भएको छ । यसका अतिरिक्त १० अर्बको कोष सिर्जनाको पनि घोषणा भएको हो ।
थप नीतिगर सुधार तथा क्षेत्रगत रुपमा थप सम्भाव्य तथा लगानीयोग्य परियोजना प्रस्तुत गर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको हो । सरकारले तीक्ष्ण फलो–अप प्रणाली र वस्तु तथा सेवा निर्यातको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत गरेको हो ।
यसका अतिरिक्त हस्ताक्षर गरिएका समझदारी कार्यान्वयन र प्राप्त लगानी आवेदनको प्रक्रिया सुरु गर्ने प्रतिबद्धतासमेत गरेको सरकारको दाबी छ ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार सम्मेलनमा उत्साहजनक सहभागिता थियो जहाँ नेपालका तर्फबाट नेपालले आफ्ना प्रतिबद्धता स्पष्टसँग राखेको छ । उनले नेपालले गरेका नीतिगत व्यवस्था र हामीले सिर्जना गरेका अवसर हाम्रा प्रतिबद्धता रहेको बताए ।
उनले नेपालमा लगानी गर्ने तथा व्यवसाय सञ्चालन गर्नेहरुको चाख सम्झनालायक रहेको प्रमाण समझादारीपत्रमा हस्ताक्षर भएका तथा घोषणा गरिएका आयोजनाहरु रहेको दाबी गरे । खतिवडाका अनुसार सम्मेलनले लगानीका अधिकांश धेरै क्षेत्र कभर गरेको छ । त्यसमा कुनै लजिस्टिक पार्क बनाउने परियोजना छन् भने कुनै वेयरहाउस बनाउने सम्झौता भएको छ । जलविद्युतबारे, सरकारी निकायहरुबीच, सरकारी निकाय र विकास साझेदार संस्थाबीच भएको छ ।
उनले थपे, “यो हिसाबले यी सहमति लगानी गर्ने तथा व्यवसाय सञ्चालन गर्नेमात्र नभएर व्यवसय साथ दिने एजेन्सी एकैठाउँ भेला भएर सहमति तथा समझादारी भएका छन् ।”
यसैबीच सम्मेलनका क्रममा सरकारले शो केस गरेको परयोजनामध्ये १७ वटामा आवेदन परेको लगानी बोर्ड नेपालमा प्रमुख कार्यकारी अधिकृतले बताए । उनले भने, “शो केस गरिएका ७७ मध्ये १७ परियोजनामा लगानी गर्न आवेदन परेको छ ।” तर सम्झौता तथा घोषणा कति रकम बराबरको भयो भन्ने अझै खुलाइएको छैन ।
सानो ठाउँमा ठूलो सम्मेलन गर्न हामीलाई अफ्टेरो अनुभव भएको गुनासो भइरहँदा भक्तपुरमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रमा लगानीको आवेदन परेको छ । यो । सम्मेलनका क्रममा शोकेस राखिएको परियोजनामा लगानीको आवेदन परेको हो । यो फलस्वरुप, अब चाँडोभन्दा चाँडो सम्मेलन बनाउने काम सुरु हुन्छ । किनकि सरकारसँग परियोजना र लगानीकर्ताबाट प्रस्ताव पनि रहेको बोर्डका सीईओ अधिकारीको दाबी छ ।
अधिकारीका अनुसार एकभन्दा बढी आवेदन परे मूल्यांकन गरेर मात्र परियोजनाको निर्णय गरनेछ । आवेदन परेका केही परियोजनामा पश्चिम सेती म्याटर्निटी अस्पताल, लुम्बिनी, वीरगंजको लजिस्टिक्स सेन्टर, तमोर जलविद्युत् आदि रहेका छन् ।





प्रतिक्रिया