देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला क्रिकेटको ऐतिहासिक अक्सन सम्पन्न, सर्वाधिक १० महँगा खेलाडीमध्ये तीन जना रेखा थापाको टिममा

देशान्तर

काठमाडौं । नेपाली महिला क्रिकेटको इतिहासमा टि २० क्रिकेटको लागि पहिलोपटक अक्सन भएको छ। एनसीएल स्पोर्ट्सले आयोजना गर्न लागेको वुमन्स टी २० क्रिकेट लिगको अक्सन आइतबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भएको हो।
अक्सनमा ८० खेलाडी सहभागी थिए। जसमध्ये ४ टिमले ५२ खेलाडी बोलकबोलमार्फत आफ्नो टिममा लिए। तीमध्ये १० खेलाडी सबैभन्दा महँगा मुल्यमा बिके।

रुबिना क्षेत्री मार्की प्लेयर रहेको भैरहवा क्वीन्सले सोन खड्का, इन्दु बर्मा र बिन्दु रावललाई अधिकतम मुल्य ७५ हजारमा आफ्नो टिममा पारे।

यस्तै नेरी थापा मार्की प्लेयर रहेको काठमाडौं सुपर च्याम्पियन्स्ले ममता चौधरी, सरिता मगर र रोमा थापालाई ७५ हजारमै आफ्नो टिममा लिए। यसैगरी विराटनगर रोअरिङ लायोनेसले काजोल श्रेष्ठ, अप्सरी बेगमलाई ७५ हजारमै अनुधबन्ध गर्‍यो भने धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योति पाण्डेलाई ७५ हजारमै लियो।

यी महंगा १० खेलाडी एकभन्दा बढी टिमले बोलकबोल लगाएपछि लक्की ड्रामार्फत उल्लेखित टिमले आफ्नो बनाउन सफल भए। सहभागी ४ टिमले अक्सनमा १३ खेलाडी लिनका लागि ६ लाख ५० हजार खर्च गर्न पाउने थियो। त्यसमध्ये काठमाडौं र विराटनगरले समान ५ लाख २० हजार खर्चे। ऐतिहासिक अक्सनपछि वुमन्स टी २० लिगको आयोजक एनसिएल स्पोर्ट्सका प्रमुख जयराज रोयले अक्सन सफलतापूर्वक सम्पन्न भएको र सबै टिमले चाहेको खेलाडी लिन सफल भएको बताए।

यस्तै मार्की प्लेयरहरुले पहिलोपटक भएको अक्सनमा सहभागी हुन पाउँदा फरक अनुभव भएको बताए।