देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्याम्पस बनाउन महायज्ञ

देशान्तर

नुवाकोट । नुवाकोटको तारुकास्थित तारुका श्रीकृष्ण क्याम्पसको लागि जग्गा खरिद र भवन निर्माणका लागि महायज्ञ आयोजना हुने भएको छ । क्याम्पसको भवन निर्माण र माध्यमिक तहमा सूचना प्रविधि कक्षा सञ्चालनका लागि सहयोग जुटाउन चैत २३ गतेदेखि ३० गतेसम्म १०८ श्रीमदभागवत सप्ताह एवं बृहद धार्मिक तथा शैक्षिक महोत्सवव २०७५ आयोजना गर्न लागिएको हो । तारुकाको आपचौरमा आयोजना हुने सो महायज्ञमा बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराजले कथावाचन गर्नुहुने मूल आयोजक समितिका सदस्य केशवप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

ढुंगानाका अनुसार चैत २३ गते कलश यात्रा र उद्घाटन समारोह हुनेछ । हरेक दिन बिहान ६ बजेदेखि शालिग्राम पूजा, ७ बजेदेखि नित्यपूजा, सवा ८ बजेसम्म चरु हवन, ११ बजेसम्म श्रीमदभागवत पाठपारायण , ४ बजेसम्म कथा वाचन र साँझ आरती हुने कार्यक्रम रहेको । महोत्सव सम्पन्न गर्नका लागि समरबहादुर आले मगरको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि बनाइएको छ ।