देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमान्डौ उपत्यकामा यस्तो छ आजको तरकारीको भाउ

देशान्तर

काठमान्डौ : तरकारी थोक बजारमा बिहिबार मटरकोशाको भाउ महङ्गीएको छ।  मटरकोसाको ४५ देखि ५० रुपैयामा बिक्रि भइरहको छ। ठूलो गोलभेडा पनि ४५ देखि ५० रुपैया किलोमा बिक्रि भइरहेको छ। सानो गोलभेडा ४० देखि ४५, रातो आलु २१ देखि २३, सुकेको प्याज २२ देखि २५, गाँजर २० देखि २५, भेन्टा ३० देखि ३५ र बोडी ९० देखि ९५ रुपैया किलोमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। तिते करेला ७५ देखि ८०, लौका ३५ देखि ४०, भिण्डी ९५ देखि १०० र पिडालु ४५ देखि ५० रुपैया किलोमा बिक्री भइरहेको समितिले जनाएको छ ।