देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हुरी पीडितले वर्षाअघि घर पाउने, सेनाले पायो आवास निर्माणको जिम्मा

देशान्तर

गत आइतबार रातिको हावाहुरीबाट घरबार गुमाएका बारा र पर्साका पीडितका लागि घर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वर्षायामअगावै बेघरबार भएकालाई घर निर्माण गर्नका लागि योजना बनाएर आवास निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय समिति पनि गठन गरिएको जानकारी दिए।