देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा जनक शिक्षाको ट्रकले भ्यानलाई ठक्कर दिंदा २ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ । ललितपुरको सानेपामा आज बिहान ट्रकले भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकजना घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको उपचार क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो।  मृत्यु हुनेमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाका ४० वर्षीय डोल्मा शेर्पा छन्। घाइते ललितपुर बगमतीकी स्मृति मगरको भने उपचार भइरहेको छ।