देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समायोजनपछि स्थानीय तहमा १६ हजार कर्मचारी अभाव

देशान्तर

काठमाडौँ । कर्मचारी समायोजनपछि पनि स्थानीय तहमा १६ हजार कर्मचारी अपुग देखिएको छ। सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम सकिएको घोषणा गरिरहँदा स्थानीय तहमा भने ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त देखिएको हो।

मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले बताए। कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाहमा समेत गम्भीर समस्या सिर्जना भएको छ।

सुगम क्षेत्रमा भन्दा विकट जिल्लाका स्थानीय तहमा कर्मचारी अभाव धेरै छ। कतिपय स्थानीय तह पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेका छन्। कर्मचारी अभाव हुँदा स्थानीय तहको काम कारबाही नै अबरुद्ध हुन पुगेको छ।