देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन प्रधानमन्त्री ओलीको आग्रह

देशान्तर

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन आग्रह गरेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै सरकारले मुलुकको विकासमा निजी क्षेत्रको महत्वलाई उजागर गर्दै आएका छन्। तर कुनै पनि सरकार निजी क्षेत्रमैत्री हुन सकेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३औं साधारणसभा उद्घाटन सत्रमा प्रधानमन्त्रीले सरकार सार्वजनिक निजी साझेदारी पिपिपीमोडलमा सहकार्य गरेर अघि बढ्न हतारोमा रहेको बताए। ‘हामी पिपिपी मोडलमा काम गर्न तयार छौं,’ ओलीले भने, ‘अर्थतन्त्रमा सकेसम्म धेरै हिस्सा निजी क्षेत्रको हुनुपर्छ भन्ने मान्यता यो सरकारको छ।’
उनले विगतमा भन्दा अहिलेको सरकार निजी क्षेत्रसँग सहकार्य गर्न उत्साहित भएको बताए। कुनै समस्या आए ऐन, कानुन परिवर्तन गरेर सहजीकरण गर्न प्रतिबद्ध रहेको उनको धारणा थियो।