देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्ववियु चुनाव जेठ दोस्रो साता गर्न प्रस्ताव

देशान्तर

काठमाडौं :त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।
बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा।डा। सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने बताएकी थिइन् । साथै उनले निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन चाहिएको पनि बताइन् ।
बैठकमा सहभागी अनेरास्ववियू ९क्रान्तिकारी०का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिका पदाधिकारीले छिट्टै ठोस मिति तोक्ने भन्नु भएको छ ।