देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यू–१९ विश्वकप छनोट : नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात

देशान्तर

काठमाडौँ – मलेसियामा भइरहेको यू–१९ एक दिवसीय विश्वकप क्रिकेट एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाएका थिए। नेपालको तर्फबाट उत्कृष्ट व्याटिङ गर्ने क्रममा रासिद खानले ४८, पवन सरार्फले ४७, कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाएका थिए। बलिङतर्फ नेपालका पवन सरार्फले सर्वाधिक ३ तथा कुशल मल्ल र सूर्य तामाङले दुई–दुई विकेट लिए।

२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा आफ्ना सवै विकेट गुमाउँदै जम्मा ६५ रनमा अलआउट भएको छ। सिंगापुरका लागि इशान सवानीले सर्वाधिक २८ र साई भेनगोपालले १८ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ सिंगापुरका अथर्भ गुनेले सार्वधिक चार विकेट लिए।