देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ वर्ष पार्टी एकताका लागि : सभापति देउवा

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन्। नेपाल महिला सङ्घद्वारा पोखरामा शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना व्यक्त गरे। उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई ऐक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मंगलमय होस् भनी कामना व्यक्त गरे। आगामी १० महिनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने बताए।