देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलमिलाप आयोगमा खुट्टा नकमाउने पदाधिकारी नियुक्त गरियोस

देशान्तर

काठमाडौं  –  सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टले आयोगमा न्याय निरुपणको निर्णय गर्दा खुट्टा नकमाउने व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएकी छन।
शुक्रबार आयोग परिसरमा पत्रकार सम्मेलन गरेर डा. भट्टले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाई नगर्न पनि सुझाव दिएकी थिइन। उनीलगायतका आयोगका पदाधिकारीको भोलि चैत ३० गते शनिबारबाट पदावधी सकिन लागेको छ। डा. भट्टाले आयोग पदाधिकारी विहीन हुँदा संक्रमणकालीन न्यायका संयन्त्र नै संक्रमणमा पर्ने भन्दै नयाँ पदाधिकारी नियुक्तिलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएकी थिइन।

आयोगमा रहेका पीडितको उजुरीका फाइलको सुरक्षा र गोपनियताको प्रश्न बारम्बार उठिरहेका बेला आयोग पदाधिकारी विहीनको अवस्थामा पुगेको भन्दै डा. भट्टले त्यसतर्फ गम्भीर बन्न आग्रह गरिन। उनले पदाधिकारी नियुक्ति गर्दा योग्य, दक्ष र न्याय निरुपणको निर्णयमा खुट्टा नकमाउने व्यक्तित्व चयन गर्न पनि आग्रह गरिन। पदाधिकारी रिक्त भए लगत्तै आयोगमा दर्ता भएका ६२ हजार ९७० उजुरीको सुरक्षा र गोपनियतामा प्रश्न उठ्न सक्ने भन्दै उनले आयोगलाई लामो समय सम्म पदाधिकारी विहिन नबनाउन आग्रह गरिन।