काठमाडौँ । लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् ।
बिहान ९ बजेर १० मिनेटमा काठमाडौँका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो ।
अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडाँै ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया