देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुडशितल पर्व मनाईंदै, प्रदेश १ र २ मा सार्वजनिक विदा

देशान्तर

काठमाडौँ । तराईका विभिन्न जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ ।

यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ ।जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ ।
सोमबार तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ । जुडशितलको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।