देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेट एयरवेजले काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

देशान्तर

काठमाडौं: दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको छ ।

एकसाताअघि ८–९ हजारमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ तिर्न खोज्दा पनि पाउन कठीन रहेको उल्लेख छ ।

काठमाडौं–दिल्लीका यात्रुलाई टिकट पाउनै गाह्रो भएको ट्राभल्स एजेन्सीले बताएका छन् । जेटले हरेक उडानबाट १६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक ५०० यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।