देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिक्कीमको एमजी रोडमा स्वस्तिमाले यसरी नाचिन (भिडियोसहित)

देशान्तर

काठमाडौं । सफल सिरिज ‘नाइँ नभन्नु ल’ का निर्माता, लेखक तथा निर्देशक विकासराज आचार्यको सिनेमा ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सिक्कीमको एमजी (महात्मा गान्धी) रोडमा छायांकन गरिएको उक्त गीतमा स्वस्तिमा खड्काले नव नायक अक्की प्रधान र सलोन बस्नेत देखिएका छन् ।

सयौं कोरस डान्सरहरुलाई नचाइएको ‘लाग्दैन धुलो गोडैमा एमजी रोडैमा…’ बोलको उक्त गीतलाई पूर्वेली भाकामा प्रस्तुत गरिएको छ । राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतलाई शिवाकोटी स्वयं र मेलिना राईले स्वर दिएका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको उक्त गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

सिनेमामा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, निरुता सिंह, सलोन बस्नेत, शिवहरि पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गर्नेछन्।

यस सिनेमाबाट अक्की प्रधानले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। उनी आर्यनको छोराको भूमिकामा देखिनेछन्। सिनेमा उनको जोडी स्वस्तिमा बनेकी छन्। सिनेमाका निर्माता सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङ हुन् ।

नेपालमा चलचित्रको १२ दिन छायांकन गरिसकेपछि बाँकी भाग सिक्किममै छायांकन गरिएको थियो ।