देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखाको फुजेलमा करेन्ट लागेर एकको मृत्यु

देशान्तर

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए । उनले भने, ‘प्राधिकरणको लापरबाहीको कारण भुवनको मृत्यु भएको हो ।’

अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको उनले बताए । घटनाबारे प्रहरीलाई खबर गरिएको छ । भुवन गाउँमा केही वर्षदेखि बिजुलीको काम गर्दै आएका थिए ।