काठमाण्डौ : धनगढीबाट बझाङका लागि छुटेको बस डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
ना ६ ख १८३१ नम्बरको कर्णाली रिभर साइड यातायातको बस दुर्घटनामा परेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरी घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिरहेको बताइएको छ। मृतकको संख्या अझैं बढ्नसक्ने बताइएको छ । २० बढी घाइते भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया