देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

देशान्तर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। दलको कार्यालय सिंहदरवारमा आइतबार अपराह्न ३ बजे बस्ने बैठकमा संसद बैठकमा प्रस्तुत गर्ने विषयबारे छलफल हुन लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डा तय गर्ने सचेतक भुसालको भनाइ छ। उनका अनुसार पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गरिने छ। पछिल्लो समय सत्ता पक्ष र विपक्षीबीच संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा विवाद देखिदै आएको छ।

प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना नै सर्वोच्च अदालतका पाँच न्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतका व्यक्ति नियुक्ति गरेको भन्दै कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ। त्यसबारेमा समेत समीक्षा हुने भुसालले जानकारी दिइन्।