देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको बजेट अधिवेशन सुरु

देशान्तर

काठमाडौं । सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ। सोमबार अपराह्‍न बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो। सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउँदै पत्र पढेर सुनाएका थिए।

बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने क्रम जारी छ।