देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नीति तथा कार्यक्रममा कांग्रेसको संशोधन प्रस्ताव, आजै दर्ता गरिने

देशान्तर

काठमाडौं । सरकारको शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव पेश गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि फलफल गर्न शनिबार बसेको कांग्रेस संसदिय दलको बैठकले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

संशोधन प्रस्ताव पेश गर्ने निर्णय गर्नुअघि कांग्रेसले विश्व पौडेल, स्वर्णिम वाग्ले जस्ता संशोधन अर्थविद्सँग परामर्श गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले बताए। खाडका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले आजै संशोधन प्रस्ताव पेश गर्नेछ।