देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुदै,अभियानको देशैभर एकैसाथ उद्घाटन हुने

देशान्तर

नेपाली कांग्रेसले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । आज विहान ११ बजे ७७ वटै जिल्लामा अभियानको एकैसाथ उद्घाटन हुनेछ । जागरण अभियानका लागि केन्द्रीय पदाधिकारी सवै पार्टीले खटाएको जिल्लामा पुगिसकेका छन । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सातै प्रदेशमा पदाधिकारीले प्रदेशको कमान्ड गर्ने बताउनु भएको छ । जसअनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यता प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रबक्ता शर्माले जानकारी दिनुभयो ।
गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का र प्रदेश ५ को रुपेन्देहीमा अर्का महामन्त्री शंशाक कोइरालाले सम्बोधन गर्नुभएको छ । कर्णालीमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । आजबाट शुरु हुने प्रथम चरणको एक महिने जागरण अभियानको ७७ वटै जिल्लामा एकमहिना सम्म चल्ने छ । पार्टीको संगठन सुर्धान तथा सरकारको गलत क्रियाकलाप जनातामाझ लैजानका लागि नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ’, प्रवक्ता शर्माले भने।

पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ। अभियान सफल बनाउन कांग्रेसले सबै भ्रातृसंस्थालाई परिचालन गरिएको जनाएको छ।

दोस्रो चरणको अभियान बीपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि सुरु भई असोज ७ गते समापन हुनेछ। तेस्रो चरण भने पुस ७ गते प्रारम्भ भई १६ गते मेलमिलाप दिवसमा समापन हुने कांग्रेसले जनाएको छ।

प्रथम चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ।