देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिस नेपाल २०१९ को उपाधि अनुष्कालाइ

देशान्तर

काठमाडौं । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको २५ औं संस्करणमा अन्य २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिइन् । अनुष्कालाई मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडाले ताज लगाइदिएकी थिइन् । श्रेष्ठले मस्ट इन्टिलेक्चुअल सहभागी र मिस फेसिनोको उपाधिसमेत जितिन् ।
अनुष्काले मिस नेपाल वर्ल्ड जित्दा प्रदीप्ता अधिकारीे मिस नेपाल युनिभर्स ९द्वितीय० भइन् । यसैगरी रिया बस्नेत मिस नेपाल अर्थ भइन् भने मिरा कर्माचार्य र रोज लामा क्रमशः मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुपरनेसनलको उपाधि जिते ।

विजेता ५ सहित सोफिया भुजेल र रक्षा उप्रेती पनि फाइनल ९शीर्ष ७० मा पुगेका थिए । यसअघि शीर्ष १४ मा सुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनि महर्जन, शिवानी घिमिरे, प्रभा अधिकारी, निशा पाठक र नान्सी बोगटी पनि पुगेका थिए ।

यता व्यक्तिगत बिधातर्फ प्रदीप्ता अधिकारी र रोज लामाले पनि २–२ उपाधि जिते । प्रदीप्ता बेस्ट एथलेट र मिस ट्यालेन्ट बन्दा रोजले मिस ग्यामर र मस्ट फोटोजेनिकको उपाधि जितेकी थिइन् । व्यक्तिगत बिधातर्फ नान्सी बोगटीले मस्ट फ्रेन्डली, रिया कक्षपतिले मस्ट ब्युटिफुल हेयर र जेनी महर्जनले बेस्ट न्याचुरल स्किनको उपाधि जिते ।
यसैगरी निशा पाठक मस्ट कन्फिडेन्ट, रिया बस्नेत मस्ट पपुलर भइन् । मिस नेपालको ब्युटि विथ पर्पोजको उपाधि भने नितिका कर्माचार्यले जितिन् ।