देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । कपिलवस्तुत जान लागेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर खराब मौसमका कारण भरतपुरको नेपाली सेनाको ब्यारेकमा आकस्मिक अवतरण गरिएको हो । यसबाट सम्भावित दुर्घटना टरेको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ बजेर ५० मिनेट जाँदा अवतरण गरेको हो ।  प्रधानमन्त्री ओली ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेका थिए ।