देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यवसायी उत्साहित हुने बजेट आवश्यकः पूर्व अर्थमन्त्री पाण्डे

देशान्तर

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवद्र्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पाण्डेले मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवद्र्धन गरेर अघि बढ्ने खालको आर्थिक नीति तथा बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको तर्क पनि गरे।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने मुलुकलाई समृद्ध बनाउन सडकको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिए। उनले पूर्वाधारको विकास गरेर मुलुकमा कायम रहेको आर्थिक वृद्धिदरलाई दीगो बनाउन सकिने पनि स्पष्ट पारे।

पूर्व अर्थमन्त्री कोइरालाले सरकारले रेल सेवामा भन्दा पनि सडक यातायातको विकासमा जोड दिएर आवश्यक योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए।