देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३२ केजी चरेस सहित ६ पक्राउ

देशान्तर

काठमाडौं । अवैध लागूऔषध चरेसको ओसारपसार तथा कारोबारमा संलग्लन भएको आरोपमा प्रहरी परिसर काठमाडौंले तीन जना र लागू औषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौंले बलम्बुबाट १५ केजी चरेस सहित दिनेश कार्की, सुनिता तिम्सेना र विश्वास थापालाई पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौँका अनुसार धादिङबाट चरेस किन्ने र काठमाडौँमा बेच्ने योजना बनाएको देखिन्छ ।

ब्युरोले भने सुनसरी इटहरीका राज कुमार गुरुङ, झापा मेची नगरपालिका-४ का सञ्जय दर्जी र मनोज दर्जीलाई १७ केजी चरेस सहित झापाको टोकला बगानबाट पक्राउ गरेको हो ।