देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई चीनको दबाबः अमेरिकी राजदूतसँग परराष्ट्रको स्पष्टीकरण

देशान्तर

काठमाडौँ । नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवादका विषयमा विवादमा आएका अमेरिकी राजदूत र्यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पस्टीकरण लिएको छ । यो प्रकरणलाई अमेरिकाले चिनिया दबाब भनेको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग स्पस्टीकरण लिदै उनले गर्नेभनेको गफगाफ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए ।

सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे बताएका छैनन् । तर, अमेरिकी दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा राजदुतसंग स्पस्टी करण लिइएको बताएको छ ।

राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । परराष्ट्र स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कूटनीतिको एउटा अंगका रूपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।

बैरागीले राजदूतसँग गफगाफ अहिलेसम्म जारी रहेका अमेरिकी सहयोगका कार्यक्रम तथा अमेरिकी शासन प्रणाली, शिक्षा र पद्धतिमाथि सर्वसाधारणका सरोकारबारे एकमुष्ट जानकारी दिने विषयमा मात्रै रहेको भन्दै यसलाई अन्यथा रूपमा नलिन आग्रह गरेका छन् ।

अमेरिकी दूतावासले बुधबार अपराह्न प्रेस–नोट जारी गर्दै ‘जनतासँग प्रत्यक्ष जोडिनुलाई कूटनीतिको एक प्रमुख काम’ भनेको छ । जनतालाई बुझ्नु, उनीहरूको प्राथमिकता थाहा पाउनु र उनीहरूसँग सम्पर्क स्थापित गर्नु कूटनीतिको प्रमुख काम हो,’ प्रेस–नोटमा भनिएको छ, ‘हामी यस्तै काम ७२ वर्षयता नेपालमा गरिरहेका छौं । एउटा कूटनीतिकले गर्ने काम यही हो । हामी पनि यही गरिरहेका छौं ।’

अमेरिकी दूतावासको सामाजिक सञ्जालमा जोडिएका फलोवरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भए पनि उनीहरूबाट आउने जिज्ञासा र सरोकारलाई सम्बोधन गर्न आफू ‘राजदूतसँग गफगाफ’ अन्तरसंवादमा आउन लागेको राजदूत बेरीले आफ्नो टिवटर हेन्डलमार्फत गत आइतबार जानकारी गराएका थिए ।

अमेरिकी दूतावासको टिवटर, फेसबुक, इन्स्टाग्रामसहितमा गरेर ४० लाख फलोवर रहेको दूतावासले जनाएको छ । अमेरिकी कूटनीतिबारे जानकारहरूका अनुसार उसले देशहेरी ‘पब्लिक डिप्लोमेसी’ गर्ने गरेको छ । आफ्नो प्रभाव र पहुँच रहेका मुलुकका आधारमा उसले ‘ट्र्याक–टु गतिविधि गर्ने गरेको जनाउँदै अमेरिकाका लागि एक पूर्वनेपाली राजदूतले भने, ‘नेपाल सरकारलाई जानकारी नै नदिई जनतासँग गफगाफ गर्ने गतिविधि स्वाभाविक होइन ।’

राजदूत बेरीले ‘जनतासँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्न लागेकोप्रति सत्तारूढ दल नेकपालगायत राजनीतिक पार्टीका नेताहरूले आपत्ति जनाएका छन् । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘ठूला देशकाले त कूटनीतिक मर्यादा झन् पालना गर्नुपर्ने’ बुधबार संसद् परिसरमा संवाददाताहरूसँग भनेका थिए ।

नेकपाका प्रवक्तासमेत रहेका पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले पनि ‘परराष्ट्रको अनुमतिबेगर कुनै कार्यक्रम गर्न नमिल्ने’ बताए । ‘मित्र राष्ट्रहरूले नेपालमा जे गरे पनि हुन्छ भन्ने ठान्नु हुँदैन,’ उनले भने, ‘अमेरिकी हुन् वा अन्य विदेशी मुलुक, परराष्ट्रको सहमतिबेगर आफ्ना गतिविधि गर्न मिल्दैन ।’

आफू परराष्ट्रमन्त्री हुँदा कूटनीतिक आचारसंहिता पालनामा कडाइ गरेका श्रेष्ठले अहिले फेरि आचारसंहिता अर्थहीन बन्दै गइरहेको टिप्पणी गरे । ‘कूटनीतिज्ञहरू एउटा सीमामा बस्नुपर्छ भन्ने मान्यतामा म दृढ छु,’ उनले भने, ‘कुनै पनि पार्टीका नेताले विदेशीसँग भेटदा परराष्ट्रको प्रतिनिधि राखेर भेट्नुपर्छ, नोट लिनैपर्छ । यसमा कडाइका साथ नियमन हुनैपर्छ ।’

श्रेष्ठले त्यसो भनेकै दिन बुधबार नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बेलायतको अन्तर्रा्ष्ट्रिय विकास विभागकी मन्त्री बानेरस सगबीच भएको भेटघाटमा परराष्ट्रका प्रतिनिधि थिएनन् । ‘प्रधानमन्त्री, मन्त्रीको तहमा यस्ता भेटवार्ता भए मात्रै परराष्ट्रमा जानकारी आउने गरेको छ । अरू भेटघाटबारे हामीले पनि पत्रपत्रिका हेरेर थाहा पाउने मात्रै हो,’ परराष्ट्रका एक अधिकारीले बताएका छन ।

‘राजकीय पदमा बसेकाहरू झन् यो मामिलामा सचेत हुनु आवश्यक छ,’ उनले भने, ‘दुई देशका प्रतिनिधिको भेटघाटको उद्देश्य, वार्ताका विषय पहिल्यै स्पष्ट हुनुपर्छ । त्यस्तो भेट र कुराकानीको रेकर्ड राख्नुपर्ने हुन्छ । आचारसंहिता कुनै पक्षले पनि पालना गरिरहेको देखिन्न ।’