देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटको तारकेश्वरकी उपाध्यक्षद्धारा प्रशासकीय अधिकृतमाथि हातपात

देशान्तर

 

काठमाण्डौ । तोक आदेशको कार्यान्वयन नगरेको भन्दै तात्कालीन एमालेबाट निर्वा्चित नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथि हातपात गरेकी छन् । बिहिबार अपरान्ह ४ बजे आफ्नै कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत दाहाललाई उपाध्यक्ष रिमालले कठालो समातेर लुगा समेत च्यातिदिएको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन्।

कर्मचारी स्रोतका अनुसार उपाध्यक्ष रिमालले पाँच लाख रुपैयाँ बराबरको खानेपानी पाईप खरिदका लागि तोक आदेश गरेपछि प्रमुख प्रशासकीय अधिकृत दाहालले खरीद ऐन अनुसार खरिद प्रकृया अपनाउनु पर्ने बताएका थिए। तोक आदेशको कार्यान्वयन नगरेको भन्दै उनले हातपात गरेकी हुन्।

प्रमुख प्रशासकीय अधिकृत दाहालले ऐन नियमको कार्यान्वयन गर्दे स्थानीय तहलाई पारदर्शी र आर्थिक अनुशासनमा राख्न खोज्दा आफूले अपमान सहनु परको बताए। घटनाको समयमा गाउँपालिका अध्यक्ष रमेश वस्ती भने कार्यालयमा नरहेको दाहालले बताए।
गाउँपालिकामा अध्यक्ष बराबरको हैसियत माग्दै आएकी रिमालले प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेपछि कर्मचारीले काम गर्ने वातावरण नभएको बताएका छन्।