देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँका २ ठाउँमा विस्फोट हुँदा तीनको मृत्यु

देशान्तर

काठमाडौँ । काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट विस्फोट हुँदा तीन जनाको मृत्यु तथा कम्तीमा ५ जना घाइते भएका छन्। सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर बिस्फोट भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो नजिकै विस्फोट भएको हो।
सुकेधारा विष्फोटमा परेका २ जना र घट्टेकुलो विस्फोटमा परेका १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुको विवरण आउन बाँकी रहेको छ ।

सुकेधार विस्फोटमा कम्तीमा ४ जना र घट्टेकुलो विस्फोटमा कम्तीमा १ जना घाइते भएको प्रहरीले जनायो।

बुढानिलकण्ठ नगरपालिका४ सुकेधारास्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।