देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर सुरक्षाको उचित प्रबन्ध छ, गृहमन्त्रालय

देशान्तर

काठमाडौं । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध मिलाइएकोले त्रासको भ्रममा नपर्न आग्रह गरेको छ

आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, मुलुकमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध मिलाइएकोले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रय रहन सबैमा हार्दिक अनुरोध गर्दै समाजमा हुने सबै प्रकारका गैरकानूनी एवंम शान्ति विरोधी गतिविधिलाई सहयोग नगर्न नगराउन र समृद्ध नेपाल निर्माणको अभियानमा हातेमालो गर्न गृहमन्त्रालयले आम नागरिकमा अनुरोध गरेको छ ।

शान्ति प्रक्रियाबाट सबै समस्याको समाधा गर्ने व्यवस्थ हुँदा पनि सर्वसाधारण नागरिकको जिउधनमा सांघातिक आक्रमण गर्ने र भौतिक संरचनामा क्षति पुर्‍याउनमा क्रियाकलपाको गृहमन्त्रालयले भर्त्सना गरेको जनाएको छ ।

त्यसैगरी विस्फोटमा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्रालयले जनाएको छ