देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इदमा पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

देशान्तर

काठमाडौँ । सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई बिदा दिन माग गर्दै आएको थियो ।

संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र समेत बुझाएको थियो ।

यसअघि सरकारले नै इदको बिदा कटौती गरेको थियो । इदको बिदा आगामी जेठ २३ गते पर्ने छ ।